मंगलवार, आश्विन २०,२०८३ 08:29:33
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 08:29:33
Bizshala
Global IME Bank Limited

एनआईबीएल स्टेबल फण्डको लगानी ८३% ले वृद्धि, ६ वटा बीमा कम्पनीको सेयर थप

Bizshala
एनआईबीएल स्टेबल फण्डको लगानी ८३% ले वृद्धि, ६ वटा बीमा कम्पनीको सेयर थप
New Office

काठमाण्डौ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुमध्ये ‘एनआईबीएल स्टेबल फण्ड’ले सेयरबजारमा सर्वाधिक लगानी थपेको छ । फण्डले फागुन महिनाको तुलनामा चैतमा ८३.४२ प्रतिशतले लगानी थपेको हो ।  

फण्डले चैतमा १७ करोड ९६ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । यो लगानी अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बरले बढी हो । फागुनमा उक्त फण्डले सेयरबजारमा ९ करोड ७९ लाख रुपैयाँ लगानी गरेको थियो ।  

फागुनमा जम्मा १८ वटा कम्पनीको सेयरमा लगानी गरेको उक्त फण्डले चैत महिनामा ३० वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।  

फण्डले सर्वाधिक कुमारी सबल योजनाको इकाईमा कुल १ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । यसबाहेक सेयरमा कम्पनीले हिमालयन रि इन्स्योरेन्समा धेरै लगानी गरेको छ ।  

फण्डले हिमालयन रि को सेयरमा मात्रै १ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी फागुनको तुलनामा २०.९६ प्रतिशतले बढी हो । फागुनमा हिमालयन रि को सेयरमा १ करोड २३ लाख रुपैयाँ लगानी गरेको थियो ।  

दोस्रोमा एभरेष्ट बैंकको सेयरमा १ करोड १३ लाख रुपैयाँ लगानी रहेको छ । यो लगानी पनि अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले बढी हो । फागुनमा एभरेष्ट बैंकको सेयरमा १ करोड ३ लाख रुपैयाँ लगानी रहेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फण्डले अघिल्लो महिनामा गरेको अधिकांश लगानी चैत महिनामा बढाएको छ । सर्वाधिक सानिमा बैंकको सेयरमा गरेको लगानी १५८.५२ प्रतिशतले बढाएको छ । फागुनमा सो बैंकको सेयरमा २५ लाख १७ हजार रुपैयाँ मात्रै रहेको लगानी चैत महिनामा बढेर ६५ लाख ७ हजार रुपैयाँ पुगेको छ ।  

६ वटा बीमा कम्पनीको सेयरमा लगानी थप

फण्डले चैत महिनामा ६ वटा बीमा कम्पनीको सेयरमा लगानी थपेको छ । तीन जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीको सेयरमा मात्रै उक्त फण्डले २ करोड ८६ लाख रुपैयाँ लगानी थपेको छ ।  

जीवन बीमातर्फ सिटिजन लाइफ, एशियन लाइफ र नेपाल लाइफ रहेको छ भने निर्जीवनतर्फ युनाइटेड अजोड, नेको इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । निर्जीवनतर्फ सर्वाधिक युनाइटेड अजोडको सेयरमा ७४ लाख रुपैयाँ र जीवन बीमातर्फ सर्वाधिक सिटिजन लाइफको सेयरमा ६३ लाख रुपैयाँ लगानी गरेको छ ।  

यसबाहेक फण्डले १२ वटा कम्पनीको सेयरमा लगानी थपेको छ । फण्डले नेपाल टेलिकम, कुमारी सबल योजनाको इकाई, नागरिक लगानी कोष, एनआरएन इन्फ्रास्ट्रक्चर, सर्वोत्तम सिमेन्ट्स, हिमालयन डिष्टिलरी, सोनापुर मिनरल्स, चन्द्रागिरी हिल्स, चिलिमे हाइड्रो, भिजन लुम्बिनी उर्जा, हिमालयन लघुवित्त र ज्योति विकास बैंकको सेयर थपेको छ ।  

त्यस्तै, फागुनमा लगानी रहेको ङादी ग्रुप पावर, फरवार्ड माइक्रोफाइनान्स र पोखरा फाइनान्सको सेयर भने फण्डले हटाएको छ ।

 

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.