एनआईबीएल स्टेबल फण्डको लगानी ८३% ले वृद्धि, ६ वटा बीमा कम्पनीको सेयर थप
काठमाण्डौ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुमध्ये ‘एनआईबीएल स्टेबल फण्ड’ले सेयरबजारमा सर्वाधिक लगानी थपेको छ । फण्डले फागुन महिनाको तुलनामा चैतमा ८३.४२ प्रतिशतले लगानी थपेको हो । फण्डले चैतमा १७ करोड ९६ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । यो लगानी अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बरले बढी हो । फागुनमा उक्त फण्डले सेयरबजारमा ९ करोड ७९ लाख रुपैयाँ लगानी...