बुधबार, आश्विन १४,२०८३ 03:34:33
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 03:34:33
Bizshala
Global IME Bank Limited

विश्वका ५० ठूला खानी कम्पनीको कुल बजार मूल्य २.१७ ट्रिलियन डलर पुग्यो

Bizshala
विश्वका ५० ठूला खानी कम्पनीको कुल बजार मूल्य २.१७ ट्रिलियन डलर पुग्यो
New Office

काठमाण्डौ । विश्वका सबैभन्दा मूल्यवान ५० खानी कम्पनीको संयुक्त बजार पुँजीकरण जुलाईको अन्त्यसम्म २.१७ ट्रिलियन अमेरिकी डलर पुगेको छ। माईनिङ डटकमको नयाँ सूचीअनुसार जुलाईमा मात्रै यी कम्पनीहरूको कुल बजार मूल्य करिब १८ अर्ब डलरले बढेको हो। सन् २०२६ को सुरुदेखि भने कुल वृद्धि २६ अर्ब डलर पुगेको छ।

यसपटकको र्याङकिङमा कोइलामा अत्यधिक निर्भर कम्पनीहरूलाई हटाइएको छ भने खानीबाट उत्पादन हुने धातु तथा खनिजमा केन्द्रित कम्पनीलाई मात्र समेटिएको छ। यही आधारमा दशकको सुरुदेखिका र्याङकिङ समेत पुनः गणना गरिएको छ।

जुलाईमा कुल बजार मूल्यमा देखिएको ०.८ प्रतिशतको वृद्धि सामान्य देखिए पनि कम्पनीगत रूपमा उतारचढाव निकै ठूलो रहेको रिपोर्टले देखाएको छ।

मार्चको अन्त्यमा सुन र तामाको मूल्य उच्च रहँदा शीर्ष ५० कम्पनीहरूको संयुक्त बजार मूल्य २.३३ ट्रिलियन डलर पुगेको थियो। तर जुनको अन्त्यसम्म सुनको मूल्यमा आएको गिरावटसँगै यो मूल्य घटेर २.१५ ट्रिलियन डलरमा झरेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

व्यक्तिगत कम्पनीको वर्षकै उच्च र न्यून मासिक बजार मूल्यलाई आधार मान्दा शीर्ष ५० कम्पनीको मूल्यमा ५४५ अर्ब डलरसम्मको अन्तर देखिन्छ। यसले खानी तथा कमोडिटी बजारमा रहेको उच्च अस्थिरतालाई स्पष्ट पार्छ।

जुलाईमा सबैभन्दा ठूलो बजार मूल्य वृद्धि चीनको जिजिन माईनिङमा देखियो। कम्पनीको बजार मूल्य एकै महिनामा २४ अर्ब डलर अर्थात् २३.८ प्रतिशतले बढेर १२५ अर्ब डलर पुगेको छ। यससँगै जिजिनले न्यूमोन्टलाई पछि पार्दै विश्वका चौथो मूल्यवान खानी कम्पनीको स्थान हासिल गरेको छ।

कम्पनीले सार्वजनिक गरेको पहिलो ६ महिनाको नाफा अनुमान यसको मुख्य कारण बनेको छ। जिजिनले करिब ३९.१ अर्ब चिनियाँ युआन खुद नाफा हुने प्रक्षेपण गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशत बढी हो।

कम्पनीको सुन उत्पादन १५ प्रतिशतले बढेर १५ लाख औँस नाघेको छ। चाँदी उत्पादन पनि बढेको छ। तर सबैभन्दा उल्लेखनीय वृद्धि लिथियममा देखिएको छ। जिजिनले लिथियम कार्बोनेट इक्विभ्यालेन्ट उत्पादन ७ हजार टनबाट बढाएर करिब ४३ हजार टन पुर्याएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.