काठमाण्डौ । काभ्रेपलाञ्चोकको दोलालघाट क्षेत्रबाट सुनकोशीमा बेपत्ता भएका पराजुली दम्पतीमध्ये श्रीमती तिलकुमारी पराजुलीको शव फेला परेको छ।
प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारीको शव आइतबार ओखलढुंगाको सीमा नजिक सुनकोशी नदी क्षेत्रमा फेला परेको हो।
तिलकुमारी आफ्ना श्रीमान् केदारनाथ पराजुलीसँगै गत बुधबारदेखि बेपत्ता थिइन्।
प्रहरीले खोजी गर्ने क्रममा तिलकुमारीको शव फेला पारेको हो। उनीसँगै बेपत्ता भएका केदारनाथको अवस्था भने अझै अज्ञात रहेको छ।
प्रहरी तथा सम्बन्धित निकायले केदारनाथको खोजी कार्य जारी राखेका छन्।
घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।