मंगलवार, श्रावण २६,२०८३ 09:17:36
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 09:17:36
Bizshala
Global IME Bank Limited

अण्डाको माग बढेपछि समर्थन मूल्य वृद्धि, किसानले अझै लागत मूल्य नपाएको गुनासो

Prabhu Bank Limited
अण्डाको माग बढेपछि समर्थन मूल्य वृद्धि, किसानले अझै लागत मूल्य नपाएको गुनासो
New Office

काठमाण्डौ । बजारमा अण्डाको माग बढेपछि व्यवसायीले अण्डाको समर्थन मूल्य वृद्धि गरेका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।

संघका अनुसार एक्सएल अण्डाको समर्थन मूल्य प्रतिक्रेट रु ५६०, ठूलो अण्डा रु ५४५ र मिडियम अण्डा रु ५०० कायम गरिएको छ। त्यस्तै, सानो अण्डाको मूल्य रु ३ हजार प्रतिपेटी (सात क्रेट) निर्धारण गरिएको संघले जनाएको छ।

बर्डफ्लुको सङ्क्रमण कम हुँदै गए पनि त्यसका कारण ठूलो सङ्ख्यामा कुखुरा मरेकाले अण्डाको उत्पादन घटेको छ। उत्पादन घटेसँगै बजारमा अण्डाको माग बढ्दा मूल्यसमेत वृद्धि भएको छ ।

अण्डाको उत्पादन लागत प्रतिगोटा करिब रु १९.१२ पर्न आउँछ। सोही लागतका आधारमा हिसाब गर्दा एक क्रेट अण्डाको लागत करिब रु ५७३.६० हुन आउँछ। तर हाल कायम गरिएको समर्थन मूल्य लागतभन्दा कम रहेको व्यवसायीको भनाइ छ।

बर्डफ्लुका कारण किसानले पछिल्ला वर्षमा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको व्यवसायीहरूले बताएका छन्। उत्पादन लागतअनुसारको मूल्य नपाउँदा धेरै किसान कुखुरापालन व्यवसायबाट पलायन हुन थालेका छन्।

पछिल्लो समय अण्डाको उत्पादन घट्नु, कुखुरामा विभिन्न रोगको सङ्क्रमण देखिनु तथा बजारमा मूल्यको उतारचढावलगायत कारणले किसान आर्थिक समस्यामा परेको व्यवसायीहरूको भनाइ छ। कतिपय किसान बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्न बाध्य रहेको उनीहरू बताउँछन्।

अण्डाको माग बढेसँगै मूल्यमा सुधार देखिए पनि उत्पादन लागतअनुसारको मूल्य नपाउँदा किसानको समस्या भने अझै समाधान हुन नसकेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X