बुधबार, श्रावण २७,२०८३ 02:42:35
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 02:42:35
Bizshala
Global IME Bank Limited

नाइमा अटो एक्स्पोमा सार्वजनिक भयो DONGFENG को विद्युतीय बस, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

पहिलो ५० ग्राहकलाई ५ लाख छुट, ५ वर्ष वा २ लाख किमि वारेन्टी; १२ मिटरसम्मका ठूला बस पनि नेपाल ल्याउने तयारी

Prabhu Bank Limited
नाइमा अटो एक्स्पोमा सार्वजनिक भयो DONGFENG को विद्युतीय बस, मूल्य १ करोड १४ लाख ५० हजारदेखि
New Office

 

काठमाण्डौ । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल कम्पनी DONGFENG का विद्युतीय बस नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाइमा अटो एक्स्पोमा कम्पनीले दुई मोडलका बस सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार सार्वजनिक गरिएका बस ७.२ मिटर लम्बाइका छन्। कम्फर्ट बसमा २५+१ र सिटी बसमा २७+१ सिट क्षमता रहेको छ। यी बसको सुरुआती मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

एक्स्पो अवधिमा बस बुकिङ गर्ने पहिलो ५० ग्राहकलाई ५ लाख रुपैयाँ विशेष छुट दिने योजना पनि कम्पनीले ल्याएको छ।

DONGFENG Motor Corporation चीनका ठूला तथा स्थापित अटोमोबाइल उत्पादकमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारीसाधन तथा विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ।

कम्पनीका उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको जनाइएको छ। नेपालमा समेत DONGFENG ब्रान्डका ट्रक, कार तथा माइक्रोबस पहिलेदेखि बिक्री हुँदै आएका छन्। अब ठूला विद्युतीय बसमार्फत नेपाली बजारमा ब्रान्डको उपस्थिति थप विस्तार गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी

कम्पनीका अनुसार सार्वजनिक बसमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुनेछ। ग्राहकले चाहेमा थप तीन वर्षको एक्सटेन्डेड वारेन्टीसमेत खरिद गर्न सक्नेछन्।

हाल प्रदर्शनीमा राखिएका बस एयर कन्डिसनरबिनाका भए पनि ग्राहकको मागअनुसार अतिरिक्त शुल्कमा एयर कन्डिसनिङ सिस्टम जडान गर्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै ग्राहकको आवश्यकताअनुसार लक्जरी सिटसमेत राख्न सकिनेछ। बसमा एक वा दुईवटा प्रवेशद्वार राख्ने विकल्प उपलब्ध हुने कम्पनीले जनाएको छ। दुईवटा ढोका राख्दा भने दुई सिट कम हुनेछन्।

१२ मिटरसम्मका बस ल्याउने तयारी

आयाम इन्टरकन्टिनेन्टलले निकट भविष्यमा DONGFENG कै थप ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी गरेको छ।

कम्पनीका अनुसार ७.२ मिटरको स्कुल बस, ९ मिटरको ३८ सिटे बस र १२ मिटरको ५२ सिटे बस नेपाली बजारमा ल्याउने योजना छ।

ती बसको मूल्य भने पछि सार्वजनिक गरिनेछ। तर नेपालमा हाल उपलब्ध समान प्रकृतिका अन्य कम्पनीका बसको तुलनामा प्रतिस्पर्धी र कम मूल्यमा उपलब्ध गराउने कम्पनीको दाबी छ।

नाइमा अटो एक्स्पोका अवसरमा ती बस बुकिङ गर्ने ग्राहकलाई समेत विशेष छुटको योजना ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

ईभी बसमा बढ्दो मागलाई लक्षित

हिमालयन अर्गनाइजेशनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको FORCE MOTORS तथा चीनको SAIC Group अन्तर्गतको MAXUS का सवारीसाधन नेपालमा बिक्री गर्दै आएका छन्।

नेपालमा ठूला विद्युतीय बसप्रति सरकारी प्राथमिकता बढ्दै गएको र ग्राहकबाट समेत यस्ता सवारीको माग बढ्न थालेपछि DONGFENG का बस भित्र्याइएको कम्पनीको भनाइ छ।

बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालयन अर्गनाइजेशनअन्तर्गतका कम्पनीका विभिन्न सहरमा रहेका शाखा तथा डिलर नेटवर्कमार्फत सेवा उपलब्ध गराइने जनाइएको छ।

विद्युतीय सार्वजनिक यातायातप्रति आकर्षण बढिरहेका बेला DONGFENG को प्रवेशले नेपालको ठूला ईभी बस बजारमा मूल्य र प्रविधिको प्रतिस्पर्धा थप तीव्र हुने संकेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.