नाइमा अटो एक्स्पोमा सार्वजनिक भयो DONGFENG को विद्युतीय बस, मूल्य १ करोड १४ लाख ५० हजारदेखि
काठमाण्डौ । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल कम्पनी DONGFENG का विद्युतीय बस नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाइमा अटो एक्स्पोमा कम्पनीले दुई मोडलका बस सार्वजनिक गरेको हो।कम्पनीका अनुसार सार्वजनिक गरिएका बस ७.२ मिटर लम्बाइका छन्। कम्फर्ट बसमा २५+१ र सिटी बसमा २७+१ सिट क्षमता रहेको छ। यी बसको सुरुआती...

