काठमाडौं । माइतीघर मण्डलमा जारी लघुवित्तपीडितको आन्दोलनमा सहभागी एक व्यक्तिले आत्महानीको प्रयास गरेका छन्।
आन्दोलनमा सहभागी ४५ वर्षीय पुरुषले आफूलाई क्षति पुर्याउने प्रयास गरेपछि सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीको समयमैको हस्तक्षेपका कारण ठूलो दुर्घटना हुन नपाएको बताइएको छ।
घटनापछि ती व्यक्तिलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
लघुवित्तपीडितहरू आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै पछिल्लो समय विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। माइतीघरमा भएको पछिल्लो घटनाले आन्दोलनमा सहभागी व्यक्तिहरूको मानसिक तथा सामाजिक अवस्थाप्रति पनि संवेदनशीलता आवश्यक रहेको संकेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।