भोटेकोशी विपद्को १२औँ दिन : नाडीको ट्याटुले गरायो राजेशको पहिचान
काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढी गएको १२औँ दिनमा नुवाकोटको त्रिशूली बजार क्षेत्रमा घरभित्र पुरिएको अवस्थामा फेला परेको एक शव नाडीमा रहेको ट्याटुबाट पहिचान भएको छ।प्रहरीका अनुसार उक्त शव करिब ४५ वर्षीय राजेश जोशीको हो।नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजार क्षेत्रमा खोज तथा उद्धारका क्रममा सुरक्षाकर्मीले घरभित्र पुरिएको अवस्थामा शव फेला पारेका...

