–रविन ठकुरी
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भएको ‘नाइमा मोलिलिटी एक्स्पो–२०२६’ मा ५३ वटा स्टलबाट ५६ भन्दा बढी ब्राण्डको सवारीसाधन प्रद्धर्शनी गरिरहेका छन् । एक्स्पोमा सहभागि ब्राण्डले आफ्नो–आफ्नो सवारीसाधनलाई प्राथमिक्तामा राखेर प्रद्धर्शनी गरिरहेका हुन् ।
तर एक्स्पोमा रहेका सवारीसाधनमध्ये विवाइडी र टाटाको स्टलमा अवलोकनकर्ताको भिड बढी देखिएको छ । आगन्तुकले विवाइडी र टाटाको स्टलमा बढी रुचि देखाएका छन् भने सोहि अनुसार गाडीहरुको बुकिङ्ग भएको तथ्याङ्क अघि आइरहेका छन् ।
एक्स्पोमा बीवाईडीको आकर्षण, ५ सय आगन्तुक र सयभन्दा बढी बुकिङ
नेपालका लागि विवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रा।लि। हो । साइमेक्स इन्कले ‘नाइमा मोविलिटी एक्स्पो–२०२६’ मा विवाइडीको लागि आफ्नो स्टल राखेको छ । कम्पनीले आफ्नो स्टलमा विवाइडी एट्टो–१, एट्टो–२ र एट्टो–३ प्रद्धर्शनीमा राखेको हो ।
एक्स्पोको पहिलो दिनदेखि अहिलेसम्म विवाइडीको स्टलमा आगन्तुकको भिड बढी देखिएको छ । प्रद्धर्शनीमा राखिएका विवाइडीको गाडी अवलोकन गर्नका लागि आगन्तुकको भिड अन्यको तुलनामा अत्याधिक देखिएको छ ।
‘एक्स्पोको पहिलो दिनदेखि अहिलेसम्म ५ सय आगन्तुकले स्टल भ्रमण गरिसकेका छन् । सयभन्दा बढी गाडी बुकिङ्ग भइसकेको छन् ।’, विवाइडीको सेल्स एक्जुकिएटिभ आर्यन शाक्यले भने ।
‘विवाइडीको मूल्य अन्यको तुलनामा सस्तो भएकाले यस प्रति ग्राहकको आकर्षण बढ्दो छ । न्युनतम मूल्य भएकाले नाइमा एक्स्पोमा क्यास डिस्काउन्ट राखेका छैनौं ।’, उनले भने ।

‘विवाइडीको गाडीमा १० वर्षको वारेन्टी छ । एक वर्षको इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क छ । यसले गर्दा पनि विवाइडीको स्टलमा आकर्षण बढेको हो ।’, उनले भने ।
विवाइडीको एट्टो–१ (डाइनामिक) को बजार मूल्य ३० लाख ७५ हजार रुपैयाँ र विवाइडी एट्टो–१ (प्रिमियम) को ३४ लाख ८० हजार रुपैयाँ रहेको छ ।
विवाइडी एट्टो–२ (एसियन्सिल) को बजार मूल्य ४५ लाख ९५ हजार र विवाइडी एट्टो–२ (प्रिमियम) को ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
विवाइडी एट्टो–३ ९एड्भान्स० को ६२ लाख ९० हजार र विवाइडी एट्टो–३ (सुपिरियर) को बजार मूल्य ७८ लाख रुपैयाँ रहेको छ ।
नाइमा एक्स्पोमा टाटा गाडीप्रति बढ्दो आकर्षण, बुकिङ उत्साहजनक
नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा।लि। हो । एक्स्पोमा सिप्रदीले टाटाको गाडी प्रद्धर्शनीमा राखेको छ । एक्स्पोको पहिलो दिनदेखि नै सिप्रदीको स्टलमा रहेको टाटाको गाडीप्रति आन्तुकको आकर्षण बढ्दो छ । अवलोकनकर्ताको भिड यस गाडीको स्टलमा देख्न सकिन्छ ।
‘नाइमा एक्स्पोको ६०–८० प्रतिशत आगन्तुक हाम्रो ९टाटा० को स्टलमा आइरहेका छन् । यसले स्टलमा भिड देखाएको छ । बुकिङ्गको अवस्था उत्साहजनक छ ।’, टाटाको सेल्सको डिपुटी म्यानेजर अर्जुन उप्रेतिले भने ।
‘टाटाको गाडीको मूल्य अन्यभन्दा सस्तो छ । यो गाडीको खरिदमा २ लाख २० हजार किलोमिटर वा ११ वर्षको वारेन्टी दिएका छौं । यसले गर्दा टाटाको गाडीमा आन्तुकको भिड बढेको हो ।’, उनले भने ।

एक्स्पोमा राखिएको टाटा पन्ज ९३० किलोवाट० को मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । टाटा पन्च ९४० किलोवाट० को मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
न्यू टियागो फेस लिफ्टको बजार मूल्य २८ लाख ९९ हजारदेखि २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । एक्स्पोमा टाटाले यी गाडीलाई बढी प्राथमिक्ता दिएर राखेको छ ।
२ करोडभन्दा बढी मूल्यको म्याक्सस विलासी ईभीको फरक पहिचान
नेपालका लागि म्याक्ससको आधिकारिक वितरक हिमालय मोटरोक्स प्रा।लि। हो । म्याक्सस मूल्य र विशेषताको आधारमा अन्य भन्दा फरक विद्युतीय सवारीसाधन ९इभी० हो । इभी अन्तर्गत रहेको म्याक्सस फोर विल गाडी हो । यसको मूल्य अधिकतम २ करोड रुपैयाँ माथि रहेको छ ।
‘नाइमा एक्स्पोमा म्याक्ससको गाडीमा २ लाख रुपैयाँ क्यास डिस्काउन्ट दिएको छ । ७ किलोवाटको चार्जर निःशुल्क दिइने अफर राखेको छ । एक वर्षको इन्स्योरेन्स निःशुल्क गरिएको छ ।’, म्याक्सस गाडीका सेल्स म्यानेजर सुमन केसीले भने ।
म्याक्ससको इ–टेरोन ९ कमर्फटको मूल्य ८८ लाख रुपैयाँ रहेको छ । इ–टेरोन प्रिमियमको मूल्य १ करोड २८ लाख र मिफा–७ को २ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
नाइमाको दोस्रो संस्करणको ‘नाइमा मोविलिटी एक्स्पो–२०२६’ मा म्याक्ससको इ–टेरोन ९ कमर्फट र इ–टेरोन प्रिमियम प्रद्धर्शनीमा राखिएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।