काठमाण्डौ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार मृतक बारा सुवर्ण गाउँपालिका–२ निवासी ५७ वर्षीय हिरालाल पासवान हुन्। कीर्तिपुरस्थित राधा स्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि उनलाई अन्य व्यक्तिसँगै बोडेस्थित कृषि तालिम केन्द्रमा स्थानान्तरण गरिएको थियो।
पासवान कृषि तालिम केन्द्रको तीनतले भवनको दोस्रो तलामा रहेको कोठा नम्बर २०७ भित्र मृत अवस्थामा भेटिएका हुन्। कोठा भित्रबाट बन्द रहेको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।