Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 03:11:40
Bizshala
Global IME Bank Limited

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
New Office

काठमाण्डौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज प्रदेश सभामा विश्वासको मत लिएका हुन्।

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। भट्टको पक्षमा नेकपा (एमाले)का ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।

नेकपाका तर्फबाट साविक नेकपा ९माओवादी केन्द्र०का सभामुखबाहेक १० जना, साविक नागरिक उन्मुक्ति पार्टीका ७ जना तथा साविक नेकपा (एकीकृत समाजवादी)का निलम्बित सांसदबाहेक ३ जनाले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ सांसदले मतदान गरेका छन्। कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती भने मतदानमा उपस्थित भएनन्।

५१ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा केही सांसदको पद रिक्त तथा निलम्बनमा रहेकाले हाल कायम सदस्य संख्याका आधारमा विश्वासको मतको प्रक्रिया अघि बढाइएको हो।

डडेल्धुराबाट निर्वाचित तारा जोशीले सांसद पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। यस्तै, कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त रहेको छ भने सोही जिल्लाबाट निर्वाचित अर्का सांसद दीर्घ सोडारी निलम्बनमा छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.