सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
काठमाण्डौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज प्रदेश सभामा विश्वासको मत लिएका हुन्।विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। भट्टको पक्षमा नेकपा (एमाले)का ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।नेकपाका तर्फबाट साविक नेकपा ९माओवादी...

