बिहीबार, भाद्र ४,२०८३ 10:30:42
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 10:30:42
Bizshala
Global IME Bank Limited

सुनखानी भासिँदा १०७ जनाको मृत्यु

सुनखानी भासिँदा १०७ जनाको मृत्यु
New Office

काठमाण्डौ । मध्य अफ्रिकी गणतन्त्र (सीएआर)को पश्चिमी क्षेत्रमा क्यामरुनको सीमा नजिकै रहेको एक सुनखानीमा भूस्खलन हुँदा कम्तीमा १०७ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार मंगलबार दिउँसो भएको दुर्घटनामा अझै केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।

क्यामरुनको सीमासँग जोडिएको गरुआ–बुलाई सहरका मेयर अदमो अब्दोनले बीबीसीलाई दिएको जानकारीअनुसार, दुर्घटनापछि उद्धार तथा राहत कार्य जारी छ। उद्धार टोलीले हालसम्म माटो र भग्नावशेषबाट १०७ जनाको शव निकालिसकेको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा खानीको एक भाग अचानक भासिँदै मानिसहरूतर्फ खसेको देखिन्छ। भिडियोमा केही व्यक्ति ज्यान जोगाउन घटनास्थलबाट भागिरहेको देखिन्छ।

दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बाबुआ सहरका सरकारी अभियोजकले प्रारम्भिक अनुसन्धानमा खानीभित्र रहेका धेरै सुरुङ भासिँदा दुर्घटना भएको हुन सक्ने बताएका छन्।

Bizshala
CG Motors

क्यामरुनको इस्ट रिजनका गभर्नरका अनुसार मृतकमध्ये कम्तीमा तीन जना क्यामरुनका नागरिक रहेका छन्। उनीहरूको शव अन्तिम संस्कारका लागि क्यामरुन पठाउने तयारी गरिएको छ। दुर्घटनामा घाइते भएका तथा बाँचेकाहरूको उपचारका लागि पनि आवश्यक व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन्।

एएफपीका अनुसार घाइते तथा उद्धार गरिएका व्यक्तिहरूलाई घटनास्थलबाट करिब ५० किलोमिटर टाढा रहेको सीएआरको बाबुआस्थित अस्पतालमा उपचारका लागि लगिएको छ।

घटनाबाट बचेका एक खनिक सेड्रिक मबाङ्गोले एएफपीलाई जमिन एक्कासि भासिँदा धेरै मानिस माटो र भग्नावशेषमा पुरिएको बताएका छन्। उनका अनुसार उद्धार कार्य जारी रहँदा पनि केही व्यक्ति अझै भग्नावशेषमा फसेका थिए।

सीएआरका पश्चिमी क्षेत्रमा परम्परागत तथा साना स्तरको सुन उत्खनन धेरै परिवारको आम्दानीको प्रमुख स्रोत हो। तर खानीमा काम गर्ने श्रमिकले असुरक्षित कार्यस्थल, कमजोर पूर्वाधार तथा स्वास्थ्य र वातावरणसम्बन्धी जोखिम सामना गर्दै आएका छन्।

यस क्षेत्रमा खानी भासिने तथा भूस्खलन हुने घटना नौलो होइन। खानीका खाल्डा तथा सुरुङहरू पर्याप्त रूपमा सुरक्षित नगर्ने र वर्षाका कारण जमिन कमजोर हुने अवस्थाले दुर्घटनाको जोखिम बढाउने गरेको स्थानीय अधिकारीहरू बताउँछन्। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.