सोमबार, भाद्र ८,२०८३ 12:23:44
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 12:23:44
Bizshala
Global IME Bank Limited

छिर्कनेमा पहिरो पन्छाएपछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

छिर्कनेमा पहिरो पन्छाएपछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
New Office

काठमाण्डौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, छिर्कनेस्थित सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। आइतबार साँझ करिब ७ः४५ बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।

प्रहरी टोलीले सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको हो। सडक पूर्ण रूपमा खुलाउन पहिरो पन्छाउने काम निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।

Bizshala
CG Motors

पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा आए पनि उक्त क्षेत्रमा पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै हाल एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन गरिएको छ। सडकलाई चाँडै दुवैतर्फबाट यातायात सञ्चालन गर्न मिल्ने गरी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.