सोमबार, भाद्र ८,२०८३ 02:18:56
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 02:18:56
Bizshala
Global IME Bank Limited

चीन–नेपाल ब्याट्री व्यापारमा नयाँ मोड, निर्माता र आयातकर्ताबीच प्रत्यक्ष भेट

चीन–नेपाल ब्याट्री व्यापारमा नयाँ मोड, निर्माता र आयातकर्ताबीच प्रत्यक्ष भेट
New Office

काठमाण्डौ ।  नेपालमा ब्याट्रीको प्रयोग र आयात तीव्र रूपमा बढिरहेका बेला चीनका ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपाली आयातकर्ता तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल सुरु भएको छ ।

ललितपुरस्थित एन्जल ट्रेड सेन्टरको कार्यालयमा अगस्ट २३ देखि २६, २०२६ सम्म सञ्चालन हुने कार्यक्रममा चीनबाट आएका ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपालका विभिन्न जिल्लामा ब्याट्री आयात, थोक बिक्री, वितरण तथा ऊर्जा क्षेत्रमा आबद्ध व्यवसायी सहभागी हुने जनाइएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली बजारमा कस्तो प्रकारको ब्याट्री आवश्यक छ, उपभोक्ताको माग कस्तो छ, मूल्य र गुणस्तरमा के–कस्ता अपेक्षा छन् तथा आपूर्ति व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय निर्माता कम्पनीलाई प्रत्यक्ष रूपमा बुझाउनु रहेको आयोजकले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीसाधन, सौर्य ऊर्जा, इन्भर्टर, ऊर्जा भण्डारण प्रणाली, दूरसञ्चार र औद्योगिक उपकरणको प्रयोग बढेसँगै विभिन्न क्षमताका ब्याट्रीको माग पनि विस्तार हुँदै गएको छ ।

यही सन्दर्भमा नेपाली आयातकर्ता तथा व्यवसायीले बजारमा देखिएका समस्या, ग्राहकको रुचि, हाल प्रयोग भइरहेका ब्याट्रीको अवस्था तथा भविष्यको सम्भावित मागबारे चिनियाँ निर्माता कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्नेछन् ।

 

Bizshala
CG Motors

यसबाट चीनका निर्माताले ‘नेपालका लागि कस्तो ब्याट्री उपयुक्त हुन्छ ?’ भन्ने विषयमा वास्तविक बजार जानकारी पाउने र नेपाली व्यवसायीले उत्पादन क्षमता, प्रविधि, मूल्य तथा गुणस्तरबारे निर्मातासँग सिधा जानकारी लिन सक्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लिथियम ब्याट्री, सौर्य ब्याट्री, विद्युतीय सवारीका ब्याट्री, ब्याट्री सेल तथा ब्याट्री म्यानेजमेन्ट सिस्टमलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

बजार अध्ययनबाट प्राप्त सुझावका आधारमा नेपाली बजारलाई लक्षित गरी ब्याट्रीको क्षमता, डिजाइन, गुणस्तर र मूल्यमा आवश्यक परिमार्जन गर्न सकिने सम्भावनाबारे समेत छलफल गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमले आयात र बिक्रीमा मात्र नभई दीर्घकालीन आपूर्ति शृङ्खला निर्माणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । चीनका निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुँदा नियमित आपूर्ति, थोक खरिद, उत्पादन अनुकूलन तथा दीर्घकालीन व्यावसायिक साझेदारीको सम्भावना बढ्ने विश्वास गरिएको छ ।

एन्जल ट्रेड सेन्टरका अनुसार प्रत्यक्ष भेटघाटले नेपाली व्यवसायीलाई निर्मातासँग आफ्ना आवश्यकता सिधै राख्न, नयाँ उत्पादनबारे जानकारी लिन र दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्न सहज बनाउनेछ ।

यससँगै नेपालमा ब्याट्रीको प्रयोग बढ्दै जाँदा प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन, पुनःप्रयोग र पुनर्चक्रणको विषय पनि महत्वपूर्ण बन्दै गएको छ ।

विद्युतीय सवारीका ब्याट्रीको पहिचान तथा ट्र्याकिङ, प्रयोगपछि संकलन, पुनःप्रयोग र पुनर्चक्रणका लागि स्पष्ट प्रणाली विकास गर्नुपर्ने विषयमा समेत निर्माता र व्यवसायीबीच अनुभव आदानप्रदान तथा सम्भावित सहकार्यबारे छलफल हुने अपेक्षा गरिएको छ ।

चीन विश्वकै प्रमुख ब्याट्री तथा स्वच्छ ऊर्जा प्रविधि उत्पादन केन्द्रमध्ये एक हो । नेपालमा पनि विद्युतीय सवारी र वैकल्पिक ऊर्जा प्रणालीको प्रयोग बढिरहेका कारण आगामी वर्षहरूमा ब्याट्रीको बजार थप विस्तार हुने देखिएको छ ।

आयोजकका अनुसार यो भेटघाट तत्कालीन व्यापारिक कारोबारमा मात्र सीमित नरही बजारअनुकूल उत्पादन विकास, प्रविधि आदानप्रदान, दीर्घकालीन आपूर्ति तथा नेपालमा व्यवस्थित ब्याट्री इकोसिस्टम निर्माणतर्फ उपयोगी आधार बन्न सक्नेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.