आईतवार, आश्विन १८,२०८३ 11:27:36
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 11:27:36
Bizshala
Global IME Bank Limited

हर्कको प्रश्न : स्याउ पनि फलेको थिएन होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

Bizshala
हर्कको प्रश्न : स्याउ पनि फलेको थिएन होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?
New Office

काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीको पदमा बसेपछि व्यक्तिगत भ्रमणसमेत सार्वजनिक चासोको विषय बन्ने भन्दै भ्रमणबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री शाह मुस्ताङ जाँदा सरकारी स्रोत–साधन र सुरक्षा संयन्त्र प्रयोग भएको उल्लेख गर्दै भ्रमणको उद्देश्यबारे संसद्लाई जानकारी गराउन माग गरे ।

साम्पाङले भने, ‘उहाँ मन्त्रिपरिषद् र संसद्लाई सूचना नदिई जानुभएको हो ? के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले । के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानमन्त्रीको भ्रमण निजी हो वा सरकारी, त्यसमा राज्यको स्रोत कति प्रयोग भयो र भ्रमणको औपचारिक उद्देश्य के थियो भन्ने विषय स्पष्ट हुनुपर्ने साम्पाङको भनाइ थियो ।

उनले प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा बसेका व्यक्तिको गतिविधि पारदर्शी हुनुपर्ने र त्यसबारे संसद्लाई जानकारी गराउनु सरकारको जिम्मेवारी भएको धारणा राखे ।

साम्पाङले सोही बैठकमा बलात्कार तथा यौन हिंसाका घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराए । उनले यस्ता जघन्य अपराध नियन्त्रणका लागि अझ कडा कानुनी व्यवस्था आवश्यक रहेको बताए ।

उनले नेपालको कानुन नै कमजोर हो वा कानुन कार्यान्वयन गर्ने संयन्त्र कमजोर हो भन्ने विषयमा समेत संसद्मा प्रश्न उठाउँदै प्रभावकारी कार्यान्वयन र कडा दण्डको व्यवस्था आवश्यक रहेको बताए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.