प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको माइतीघरमा विरोध प्रदर्शन
काठमाण्डौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको विरोध गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ।शनिबार माइतीघर मण्डलामा आयोजित खबरदारी सभामार्फत पार्टीले प्रधानमन्त्रीको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिएर विरोध जनाएको हो।

