बुधबार, भाद्र १०,२०८३ 01:02:51
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 01:02:51
Bizshala
Global IME Bank Limited

रसुवामा बाढीको कहर: २८ सुरक्षाकर्मी सम्पर्कविहीन, प्रहरी कार्यालयसमेत बगायो

रसुवागढी र स्याफ्रुबेँसीका १९ नेपाल प्रहरी तथा टिमुरे बीओपीका ९ सशस्त्र प्रहरी सम्पर्कबाहिर

रसुवामा बाढीको कहर: २८ सुरक्षाकर्मी सम्पर्कविहीन, प्रहरी कार्यालयसमेत बगायो
New Office

 

काठमाण्डौ । बुधबार बिहान भोटेकोसीमा आएको भीषण बाढीपछि रसुवामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीमा कार्यरत २२ प्रहरीमध्ये हालसम्म ९ जना मात्रै सम्पर्कमा आएका छन्। बाँकी १३ जना प्रहरी सम्पर्कविहीन छन्।

त्यस्तै, स्याफ्रुबेँसीमा कार्यरत ९ प्रहरीमध्ये ३ जना मात्रै सम्पर्कमा आएका छन् भने ६ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यसरी नेपाल प्रहरीतर्फ मात्रै १९ जना सम्पर्कबाहिर छन्।

यता, टिमुरेस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत ९ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी सम्पर्कविहीन सुरक्षाकर्मीको संख्या २८ पुगेको हो।

बाढीले केही प्रहरी कार्यालयसमेत बगाएको बताइएको छ। बुधबार बिहान करिब ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी तथा आसपासका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य प्रभावितको खोजी र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

Bizshala
CG Motors

नेपाली सेनाले दुईवटा हेलिकप्टरसहित उद्धार टोली प्रभावित क्षेत्रमा पठाएको छ। धुन्चे, रसुवा तथा धादिङको गजुरीबाट समेत सेनाको टोली परिचालन गरिएको छ।

उद्धारका क्रममा घाइते तथा प्रभावितलाई तत्काल उपचार उपलब्ध गराउन अस्पतालमा नेपाली सेनाका स्वास्थ्यकर्मीसहितको टोलीसमेत खटाइएको छ।

बाढीले सडक, पुल, बजार, भन्सार क्षेत्र तथा सुरक्षा निकायका संरचनामा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण आइरहेको छ। सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य जारी छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.