बुधबार, भाद्र १०,२०८३ 02:55:52
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 02:55:52
Bizshala
Global IME Bank Limited

विपद्को पूर्वतयारीमा स्वास्थ्य मन्त्रालय, एम्बुलेन्स र स्वास्थ्य साधन स्ट्यान्डबाइमा

विपद्को पूर्वतयारीमा स्वास्थ्य मन्त्रालय, एम्बुलेन्स र स्वास्थ्य साधन स्ट्यान्डबाइमा
New Office

काठमाण्डौ । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) लाई सक्रिय बनाएको छ।

आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंस्थित संघीय अस्पताल र रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ।

Bizshala
CG Motors

मन्त्रालयका अनुसार काठमाडौंका अस्पतालमा उपलब्ध तथा खाली रहेका शय्याको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको छ। साथै, एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सेवाका साधनहरूलाई समेत स्ट्यान्डबाइमा राखिएको छ।

सम्भावित आपत्कालीन अवस्थाका लागि स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनलाई चुस्त बनाउँदै आवश्यक जनशक्ति, अस्पताल तथा स्वास्थ्य सामग्रीको परिचालनमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वय आवश्यक परे हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.