आईतवार, आश्विन १८,२०८३ 10:11:50
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 10:11:50
Bizshala
Global IME Bank Limited

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, नुवाकोट र धादिङमा शव फेला

नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव भेटियो, प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय उद्धारमा

Bizshala
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, नुवाकोट र धादिङमा शव फेला
New Office

 

काठमाण्डौ । रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीमा परी बगाएका सात जनाको शव फेला परेको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी दीपक रेग्मीका अनुसार बुधबार नुवाकोट र धादिङका विभिन्न स्थानमा गरी सात जनाको शव फेला परेको हो।

उनका अनुसार नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ। शवको पहिचान तथा घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ।

बुधबार बिहान करिब ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा एक्कासि भीषण बाढी आएको थियो। माथिल्लो तटीय क्षेत्रबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि नुवाकोट, धादिङ र चितवनतर्फ समेत बहाव तीव्र बनेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढीले नदी तटीय क्षेत्रका बस्ती, सडक, जलविद्युत् आयोजना, भन्सारसहितका भौतिक संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ।

बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली उद्धार तथा खोजीमा परिचालन भएका छन्।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी जारी रहेकाले मानवीय क्षतिको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। सम्बन्धित निकायहरूले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.