आईतवार, आश्विन १८,२०८३ 08:49:39
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:49:39
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीमा आवश्यक सहयोगका लागि जुट्न उद्योगीलाई निर्यात व्यवसायी महासंघको आग्रह

Bizshala
भोटेकोशी बाढीमा आवश्यक सहयोगका लागि जुट्न उद्योगीलाई निर्यात व्यवसायी महासंघको आग्रह
New Office

काठमाण्डौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति निर्यात व्यवसायी महासंघ नेपालले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।

महासंघले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा कटान तथा डुबानको जोखिम बढ्दै गएको र जनधन, घर–सम्पत्ति तथा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको जनाएको छ। बाढीबाट उद्योगी–व्यवसायीका पसल, गोदाम, उद्योग, कार्यालय, व्यापारिक संरचना तथा मौज्दातमा समेत क्षति पुग्दा व्यावसायिक गतिविधि प्रभावित भएको महासंघले जनाएको छ।

विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी तथा पहिरोबाट प्रभावित उद्योगी, व्यवसायी तथा प्रतिष्ठानप्रति सहानुभूति र ऐक्यबद्धता जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

महासंघले भोटेकोशी तथा त्रिशूली नदी आसपासका जोखिमयुक्त क्षेत्रमा तत्काल खोज तथा उद्धार र राहत कार्यलाई तीव्रता दिन, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक खाद्यान्न, औषधि, खानेपानी र अस्थायी आवासको व्यवस्था गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायसँग आग्रह गरेको छ।

विपद्को अवस्थामा नागरिक समाज तथा सम्पूर्ण उद्योगी–व्यवसायीलाई आवश्यक सहयोगका लागि जुट्न आग्रह गर्दै महासंघले आफ्ना सदस्य उद्योगी–व्यवसायी तथा सदस्य संस्थाहरूलाई समेत मानवीय सहयोगमा एकजुट हुन अपिल गरेको छ।

महासंघले विपद्को यस कठिन घडीमा आफ्नो सामर्थ्यअनुसार उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सक्रिय रूपमा सहभागी हुन सबैलाई आग्रह गर्दै प्रभावित नागरिक, व्यवसायी तथा समुदायको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.