काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बोलाइएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।
बाढी तथा विपद्का कारण विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिपछि प्रभावित क्षेत्रमा जारी खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषय बैठकको प्रमुख एजेन्डा रहनेछ। साथै, बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच संयुक्त पहल अघि बढाउने विषयमा समेत छलफल हुने बताइएको छ।
बैठकमा विपद्को वर्तमान अवस्था, प्रभावित क्षेत्रमा देखिएका समस्या तथा सरकार र सम्बन्धित निकायबाट भइरहेको उद्धार तथा राहत कार्यको समीक्षा गर्दै थप प्रभावकारी कदम चाल्नेबारे सुझाव आदानप्रदान हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।