काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव कुमार पौडेलको राजीनामा स्वीकृत भएको छ।संस्थाको भदौ १० गते बसेको ञ्चालक समितिको ४०३औँ बैठकले पौडेलको राजीनामा आगामी असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।
पौडेलले घरायसी कारण देखाउँदै गत भदौ ५ गते सीईओ पदबाट राजीनामा दिएका थिए। संस्थाका अनुसार पौडेलको राजीनामा असोज १ गतेदेखि लागू हुनेछ। उनको बहिर्गमनपछि प्रमुख कार्यकारी अधिकृत पदमा नयाँ व्यक्ति नियुक्त गर्न आवश्यक प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।
नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्रचलित नियामकीय व्यवस्था तथा संस्थाको नियमावली र विनियमावलीअनुसार प्रक्रिया अघि बढाइने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।