काठमाण्डौ । भोटेकोशी, रसुवा तथा नुवाकोट क्षेत्रमा आएको बाढीका कारण क्षति व्यहोरेका बीमितलाई सहज रूपमा बीमा दाबी सेवा उपलब्ध गराउन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्बन्धित सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
कम्पनीले बाढीका कारण सम्पत्तिमा क्षति भएका बीमित, महानुभाव तथा विभिन्न संस्थालाई बीमा दाबीसम्बन्धी सेवा लिन नजिकको शाखा वा दाबी विभागमा सम्पर्क गर्न आग्रह गरेको हो।
शिखर इन्स्योरेन्सका अनुसार नुवाकोट शाखाका लागि ९८०१९१२४१० र ९८०१९१२४११ तथा नौबिसे शाखाका लागि ९८०१९१२४०२ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, धादिङ शाखाका लागि ९८०११८४८५३ नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
बीमा दाबीसम्बन्धी सेवाका लागि कम्पनीको दाबी विभागमा ९८०१२३७७१७, ९८०२३३६४६५, ९८०१२३५१०३ र ९८०२३२०८२० नम्बरमा सम्पर्क गर्न सकिनेछ।
कम्पनीले प्रभावित क्षेत्रमा अझै थप जोखिमको सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई आवश्यक सावधानी तथा सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण बीमितको सम्पत्तिमा भएको क्षतिको दाबी प्रक्रिया सहज बनाउन कम्पनीले शाखा तथा दाबी विभागमार्फत आवश्यक सहजीकरण गर्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।