बिहीबार, भाद्र ११,२०८३ 03:25:54
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 03:25:54
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना कर्मचारी सम्पर्कविहीन

माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना कर्मचारी सम्पर्कविहीन
New Office

काठमाण्डौ । रसुवा जिल्लाको टिमुरे आसपासको क्षेत्रमा आएको भीषण बाढीपछि माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँच जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार भदौ १० गते बिहान करिब ८ः४० बजे रसुवाको टिमुरे आसपासमा आएको ठूलो बाढीका कारण शाखामा कार्यरत कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको जनाएको छ।

सम्पर्कविहीन हुने कर्मचारीहरूमा भीमप्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पूनम ठाकुर र मिङमार तामाङ रहेका छन्।

Bizshala
CG Motors

बैंकले उनीहरूलाई कसैले देखेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल माछापुच्छ्रे बैंक लिमिटेडमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ।

बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ भने विपद्पछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्न बैंक तथा सम्बन्धित निकायले आवश्यक समन्वय गरिरहेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.