बिहीबार, भाद्र ११,२०८३ 05:20:02
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 05:20:02
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपछि एनएमबि बैंकको टिमुरे शाखाका चार कर्मचारी सम्पर्कविहीन, कसैले देखे, भेटे वा अवस्थाबारे जानकारी पाए तत्काल बैंकलाई खबर गर्न आग्रह

भोटेकोशी बाढीपछि एनएमबि बैंकको टिमुरे शाखाका चार कर्मचारी सम्पर्कविहीन, कसैले देखे, भेटे वा अवस्थाबारे जानकारी पाए तत्काल बैंकलाई खबर गर्न आग्रह
New Office

 

काठमाण्डौ । रसुवाको टिमुरे आसपास क्षेत्रमा आएको विशाल बाढीपछि एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै भदौ १० गते बिहान करिब ८:४५ बजे आएको बाढीपछि उनीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको जनाएको छ।

सम्पर्कविहीन हुने कर्मचारीमा धर्म राज रिमाल, नवीन गौतम, सम्भव रावल र अर्जुन पण्डित रहेका छन्। चारै जना एनएमबि बैंकको टिमुरे शाखामा कार्यरत रहेको बैंकले जनाएको छ।

Bizshala
CG Motors

बैंकले उनीहरूमध्ये कसैलाई देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको भए यथाशीघ्र एनएमबि बैंकलाई जानकारी गराउन सर्वसाधारणसँग अपिल गरेको छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि विभिन्न क्षेत्रसँग सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित हुँदा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न कठिन भइरहेको छ।

बैंकले आफ्ना सम्पर्कविहीन कर्मचारीको खोजीमा सहयोग पुर्‍याउन स्थानीय बासिन्दा, उद्धारमा खटिएका निकाय तथा सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.