भोटेकोशी बाढीपछि एनएमबि बैंकको टिमुरे शाखाका चार कर्मचारी सम्पर्कविहीन, कसैले देखे, भेटे वा अवस्थाबारे जानकारी पाए तत्काल बैंकलाई खबर गर्न आग्रह
काठमाण्डौ । रसुवाको टिमुरे आसपास क्षेत्रमा आएको विशाल बाढीपछि एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएका छन्।बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै भदौ १० गते बिहान करिब ८:४५ बजे आएको बाढीपछि उनीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको जनाएको छ।सम्पर्कविहीन हुने कर्मचारीमा धर्म राज रिमाल, नवीन गौतम, सम्भव रावल र अर्जुन पण्डित रहेका छन्।...

