Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 10:35:26
Bizshala
Global IME Bank Limited

सद्‌गुरुद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग गर्ने घोषणा

सद्‌गुरुद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग गर्ने घोषणा
New Office

काठमाण्डौ । नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सद्‌गुरुले नेपालस्थित आफ्नो संस्था ईशा नेपालका तर्फबाट प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। साथै, नेपाललाई आवश्यक अन्य माध्यमबाट समेत सहयोग गर्न आफूहरू तत्पर रहेको उनले बताएका छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समभाव व्यक्त गर्न सद्‌गुरुको उपस्थितिमा पुल्चोकस्थित द प्लाजामा विशेष कार्यक्रम आयोजना गरिएको थियो। नेपालप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजित कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

Bizshala
CG Motors

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले नेपालले पटक–पटक विभिन्न प्राकृतिक विपद्को सामना गर्नुपरेकोमा दुःख व्यक्त गरिन्। उनले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको धारणा राखिन्।

सद्‌गुरुले भने यति ठूलो विपत्तिका लागि नेपाल सरकारलाई मात्र दोष दिन नहुने बताए। उनले जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक जोखिम न्यूनीकरणका लागि विश्व समुदायले सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिए।

बढ्दो जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याउने विपद् सम्बोधन गर्न नेपाल र छिमेकी मुलुकहरू एकजुट भएर हिमाली क्षेत्रको व्यवस्थापन तथा संरक्षणमा अग्रसर हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.