सोमबार, भाद्र १५,२०८३ 06:48:06
Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 06:48:06
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा रु. २ करोड १ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा रु. २ करोड १ लाख सहयोग
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंकले हालै रसुवा जिल्लास्थित भोटेकोशी नदिमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनस्र्थापनाका लागी नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.२ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन केसीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट उक्त सहयोग गरेको हो । 

उक्त बिनाशकारी विपत्ति लगत्तै बैंकले प्रभावित नागरिकको लागि खाद्यान्न, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामाग्रीहरु यसअघि नै उपलब्ध गराई सकेको छ ।

Bizshala
CG Motors

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनस्र्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको जनाएको छ । साथै आगामी दिनमा पनि बैंकले समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता रहेको जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.