बिहीबार, भाद्र १८,२०८३ 01:47:33
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 01:47:33
Bizshala
Global IME Bank Limited

रसुवा बाढीमा सुदूरपश्चिमका १५० जना अझै बेपत्ता, ५९ जना सम्पर्कमा

रसुवा बाढीमा सुदूरपश्चिमका १५० जना अझै बेपत्ता, ५९ जना सम्पर्कमा
New Office

 

काठमाण्डौ ।  रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका नागरिकमध्ये १५० जना अझै बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका २०९ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये हालसम्म ५९ जना फेला परेका छन् भने बाँकी १५० जनाको अवस्था अझै यकिन हुन सकेको छैन।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे सूचना संकलन गर्ने काम जारी छ।

बाढीपछि परिवारसँग सम्पर्क टुटेका व्यक्तिहरूको विवरण विभिन्न जिल्ला, स्थानीय प्रहरी इकाइ तथा आफन्तबाट संकलन गरिएको हो। फेला परेका व्यक्तिहरूको विवरण अद्यावधिक गर्दै वास्तविक बेपत्ता संख्या यकिन गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

रसुवाको भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढी प्रभावित क्षेत्रमा रोजगारी, निर्माण तथा अन्य कामका सिलसिलामा पुगेका सुदूरपश्चिमका ठूलो संख्याका नागरिकसमेत प्रभावित भएका छन्।

विशेषगरी जलविद्युत् आयोजना, निर्माण क्षेत्र तथा अन्य श्रममूलक काममा संलग्न रहेका कामदारहरू बाढीपछि सम्पर्कविहीन भएको विवरण आएको छ।

प्रहरीका अनुसार हालसम्म सम्पर्कमा आएका ५९ जनाको अवस्था यकिन भइसकेको छ। तर अझै बेपत्ता १५० जनाको खोजी र उनीहरूबारे थप सूचना संकलन भइरहेको छ।

भोटेकोशी विपत्तिको एक साताभन्दा बढी समय बितिसक्दा पनि ठूलो संख्यामा नागरिकको अवस्था स्पष्ट हुन नसक्नुले पीडित परिवारको चिन्ता थपिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.