रसुवा बाढीमा सुदूरपश्चिमका १५० जना अझै बेपत्ता, ५९ जना सम्पर्कमा
काठमाण्डौ । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका नागरिकमध्ये १५० जना अझै बेपत्ता छन्।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका २०९ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये हालसम्म ५९ जना फेला परेका छन् भने बाँकी १५० जनाको अवस्था अझै यकिन हुन सकेको छैन।प्रदेश...

