शुक्रबार, भाद्र १९,२०८३ 10:08:22
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 10:08:22
Bizshala
Global IME Bank Limited

कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटान शुरु

कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटान शुरु
New Office

काठमाण्डौ । पृथ्वी राजमार्ग नै भासिएर अवरुद्ध बनेको कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटानको प्रक्रिया शुरु गरिएको छ। प्राविधिक तथा विज्ञहरूको सुझाव र प्रतिवेदनका आधारमा डाइभर्सन निर्माणको काम अघि बढाइएको सडक विभागले जनाएको छ।

डाइभर्सन खोल्ने प्रक्रियाअन्तर्गत सडकसँगै रहेको भित्तामा कटान गर्नुअघि सरसफाइ तथा झाडी हटाउने काम सम्पन्न गरिएको छ। विज्ञहरूबाट डाइभर्सन निर्माणसम्बन्धी डिजाइन प्राप्त भइसकेकाले सोही डिजाइनअनुसार फिल्डमा काम अघि बढाइएको हो ।

भिर कटानको जिम्मेवारी पृथ्वी राजमार्ग मुग्लिन–मलेखु निर्माण आयोजनालाई दिइएको छ। भिरको दुवैतर्फबाट कटान गरिनेछ। त्यसका लागि दुवैतर्फ एक–एकवटा स्काभेटर परिचालन गरिनेछ।

कटान सुरु गर्नुअघि साना बुट्यान तथा रूख हटाउने काम गरिएको छ। भिर कटानका लागि १५ जना विज्ञ तथा प्राविधिक र ६० जना कामदार आवश्यक उपकरणसहित परिचालन भइसकेका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कृष्णभिरमा डाइभर्सन निर्माणसम्बन्धी निर्णय गर्न पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा सडक विभागका महानिर्देशक विजय जैसीसहित विज्ञहरूको बैठक मंगलबार बसेको थियो। बैठकले भिर कटान गर्दा आगामी दिनमा उत्पन्न हुन सक्ने जोखिमको मूल्याङ्कन गर्दै बाध्यात्मक अवस्थामा अल्पकालीन रूपमा राजमार्ग सञ्चालनमा ल्याउन भिर कटान गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

बैठकले जोखिम न्यूनीकरण हुने गरी भिर कटानको प्राविधिक डिजाइन तयार गर्न जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिएको थियो। सोसाइटीले आवश्यक डिजाइन तयार गरी उपलब्ध गराइसकेको छ।

कृष्णभिरको भिर कटान प्राविधिक रूपमा जटिल र जोखिमपूर्ण भए पनि तत्काल डाइभर्सन नखोली राजमार्ग सञ्चालन गर्न सम्भव छैन। त्यसैले कटानबाट कमभन्दा कम क्षति हुने गरी सावधानी अपनाएर काम अघि बढाइएको हो।

प्राविधिक रूपमा राजमार्गसँगै सम्भव भएसम्म दुई लेन र नभए कम्तीमा एक लेन सञ्चालन गर्न मिल्ने गरी भिर कटान गर्न सिफारिस गरिएको छ। प्रारम्भिक तयारीअनुसार डाइभर्सनका लागि भिरतर्फ करिब ७ मिटर चौडाइ र १५० मिटर लम्बाइसम्म कटान गर्ने तयारी छ।

यसअघि त्रिशूली नदीको निरन्तर कटानका कारण गत आइतबार कृष्णभिरमा करिब १२० मिटर लम्बाइमा पृथ्वी राजमार्ग पूर्ण रूपमा भासिएपछि सडक अवरुद्ध भएको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.