शुक्रबार, भाद्र १९,२०८३ 06:37:46
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 06:37:46
Bizshala
Global IME Bank Limited

बागलुङमा ग्यासको चरम अभाव, बिहान ३ बजेदेखि लाइन; वितरण गर्न प्रहरी नै खटियो

बागलुङमा ग्यासको चरम अभाव, बिहान ३ बजेदेखि लाइन; वितरण गर्न प्रहरी नै खटियो
New Office

 

काठमाण्डौ । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइरहे पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन नसक्दा बागलुङमा अवस्था असामान्य बनेको छ। ग्यास लिन बिहानैदेखि लामो लाइन लाग्न थालेपछि वितरण व्यवस्थापन गर्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आएको छ।

शुक्रबार ग्यास आउने सूचना पाएपछि उपभोक्ताहरू बिहान ३ बजेदेखि नै विभिन्न डिलर अगाडि लाइनमा पुगेका थिए। कतिपयले खाली सिलिन्डर लाइनमा राखेर पालो कुरेका थिए भने कतिपय झिसमिसेमै डिलरमा पुगेका थिए।

घण्टौँ लाइनमा बसेपछि पनि सबैले ग्यास पाउन नसक्दा उपभोक्ता र विक्रेताबीच विवाद तथा भनाभन हुने गरेको छ। निरन्तरको भीड र असन्तुष्टिले विक्रेतासमेत हैरान बनेका छन्।

बागलुङमा अहिले दुई–तीन दिनको अन्तरालमा करिब दुई हजार सिलिन्डर ग्यास भित्रिने गरेको बताइएको छ। गत साउनदेखि हालसम्म २५ हजारभन्दा बढी सिलिन्डर बजारमा आइसके पनि अभावको अवस्था भने हट्न सकेको छैन।

यही तथ्यले अहिलेको समस्या वास्तविक आपूर्ति अभाव मात्रै हो कि अस्वाभाविक रूपमा बढेको माग र सञ्चित गर्ने प्रवृत्तिको परिणाम हो भन्ने प्रश्नसमेत उठाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

जिल्ला प्रशासन कार्यालय र ग्यास विक्रेताका अनुसार विगतमा अहिलेको तुलनामा कम परिमाणमा ग्यास आउँदा पनि बजार सहज थियो। तर पछिल्लो समय उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्न खोज्दा बजारमा थप दबाब परेको उनीहरूको दाबी छ।

बागलुङमा विभिन्न ब्रान्डका ग्यास १६ वटा डिलरमार्फत बिक्री हुँदै आएका छन्। हरेकपटक नयाँ खेप आउँदा सयौँ उपभोक्ता एकैपटक डिलरमा पुग्ने गरेपछि भीड नियन्त्रण र व्यवस्थित वितरणका लागि करिब दुई महिनादेखि प्रहरी परिचालन गर्न थालिएको छ।

विक्रेताहरूले भीड कम गर्न कार्ड प्रणालीसमेत लागू गरेका छन्। तर त्यसले पनि लाइन र मागको चाप उल्लेख्य रूपमा घटाउन सकेको छैन।

बागलुङमा गृहलक्ष्मी, शक्ति, नेपाल, एवानलगायत ब्रान्डका ग्यास बिक्री हुँदै आएका छन्।

आपूर्ति भइरहँदा पनि अभाव हट्न नसक्नु र वितरणमै प्रहरी खटाउनुपर्ने अवस्थाले बागलुङको ग्यास बजारमा माग, वितरण र सञ्चितिको व्यवस्थापनमा गम्भीर समस्या रहेको देखाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.