बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु
काठमाण्डौ । अविरल वर्षापछि गएको पहिरोमा पुरिएर बागलुङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।जिल्लाको निसीखोला गाउँपालिका–३ मा गएको पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज विक, मुकेश विक र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पहिरोले घर पुरेपछि उनीहरूको खोजी तथा उद्धार...

