आईतवार, भाद्र २१,२०८३ 02:02:22
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 02:02:22
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीको भयावह तथ्यांक : १,३४१ शव फेला, ४,०४४ अझै बेपत्ता ४९३ शव अझै पहिचानविहीन

भोटेकोशी बाढीको भयावह तथ्यांक : १,३४१ शव फेला, ४,०४४ अझै बेपत्ता  ४९३ शव अझै पहिचानविहीन
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको तथ्यांक अझै भयावह बन्दै गएको छ।

नेपाल प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये ३२५ महिला र ५२३ पुरुषका छन्। बाँकी ४९३ शव पहिचान गर्न नसकिने अवस्थामा फेला परेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका चार हजार ४४ जनामध्ये नेपाली पुरुष दुई हजार ८६३ र महिला ५७५ जना छन्।

त्यस्तै विदेशी नागरिकमध्ये २६९ पुरुष र ३३२ महिला सम्पर्कविहीन छन् भने पाँच जनाको विवरण अन्य शीर्षकमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य अझै निरन्तर चलिरहेको प्रहरीले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

१,०३७ शव व्यवस्थापन

फेला परेका शवमध्ये हालसम्म एक हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।

पहिचान हुन नसकेका शवको संख्या ठूलो रहेकाले डीएनए परीक्षणलाई पनि तीव्र बनाइएको छ।

प्रहरीका अनुसार हालसम्म मृतक एक हजार २८६ जनाको तथा मृतकका आफन्त एक हजार १८६ जनाको गरी कुल दुई हजार ४७२ जनाको डीएनए नमूना संकलन गरिएको छ।

संकलित नमूनाको परीक्षणमार्फत पहिचान हुन बाँकी शवको सनाखत गर्ने तथा बेपत्ताको अवस्था पत्ता लगाउने प्रक्रिया अघि बढाइएको छ।

९ हजारभन्दा बढीको उद्धार

बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ।

प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलसहित विभिन्न सरकारी निकाय तथा उद्धार टोली खोजी, उद्धार, शव व्यवस्थापन तथा राहत कार्यमा निरन्तर परिचालित छन्।

भोटेकोशीको विनाशकारी बाढी आएको दिनहरू बितिसक्दा पनि हजारौँ नागरिक अझै बेपत्ता रहनुले विपत्तिको वास्तविक मानवीय क्षति अझै पूर्ण रूपमा खुलिसकेको छैन।

एकातिर पहिचानविहीन शवको सनाखतको चुनौती छ भने अर्कोतिर हजारौँ परिवार अझै आफन्तको खबरको प्रतीक्षामा छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.