बुधबार, आश्विन १४,२०८३ 01:22:37
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 01:22:37
Bizshala
Global IME Bank Limited

मेसीले किन्न लागे स्पेनको दोस्रो फुटबल क्लब

Bizshala
मेसीले किन्न लागे स्पेनको दोस्रो फुटबल क्लब
New Office

काठमाण्डौ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले स्पेनको दोस्रो डिभिजन क्लब एल्डेन्सेको बहुमत सेयर खरिद गर्ने प्रारम्भिक सहमति गरेका छन्। क्लबले मेसीसँग आफ्नो स्वामित्व हस्तान्तरणका विषयमा प्रारम्भिक सम्झौता भएको जनाएको छ।

एल्डेन्सेले जारी गरेको विज्ञप्तिअनुसार ग्रुपो टीएच सोलुसियोनेसको स्वामित्वमा रहेका शेयर मेसीले खरिद गर्नेछन्। कारोबार पूरा भएपछि मेसी क्लबका बहुमत शेयरधनी बन्नेछन्।

तर, सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी कानुनी तथा संविदात्मक प्रक्रिया पूरा गर्नुपर्नेछ। यसमा ‘ड्यु डिलिजेन्स’ प्रक्रिया तथा स्पेनको राष्ट्रिय खेल परिषद्बाट आवश्यक स्वीकृति लिनुपर्ने क्लबले जनाएको छ।

योसँगै मेसीले स्पेनमा लगानी गरेको क्लबको संख्या दुई पुग्नेछ। उनले यसअघि गत अप्रिलमा क्याटालोनियाको पाँचौँ तहको क्लब कोर्नेल्याको स्वामित्व खरिद गरेका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एलिकान्तेमा रहेको एल्डेन्सेले जारी सिजनमा चार खेलबाट केवल दुई अंक जोडेको छ। क्लब हाल ला लिगा २ को २०औँ स्थानमा छ। खराब प्रदर्शनपछि क्लबले यसै साता मुख्य प्रशिक्षक क्लाउडियो बारागानसँगको सहकार्य अन्त्य गरेको थियो।

मेसीको नयाँ लगानीले क्लबको आर्थिक तथा खेल संरचनामा सुधार आउने अपेक्षा गरिएको छ।

१३ वर्षको उमेरमा अर्जेन्टिना छाडेर स्पेन पुगेका मेसीले १७ वर्षको उमेरमा अक्टोबर २००४ मा बार्सिलोनाको पहिलो टोलीबाट डेब्यु गरेका थिए। उनले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ता बने।

मेसीले २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० पुगेका थिए। त्यसपछि २०२३ मा अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा आबद्ध भएका हुन्।

कोर्नेल्याले यसअघि मेसीको स्वामित्वले बार्सिलोनासँग उनको सम्बन्धलाई थप बलियो बनाउने तथा क्याटालोनियामा खेल र स्थानीय प्रतिभाको विकासप्रतिको प्रतिबद्धता देखाउने जनाएको थियो।

यसैबीच, मेसीका पूर्व रियल मड्रिड प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले पनि स्पेनिस फुटबलमा लगानी गरेका छन्। साउदी प्रो लिग क्लब अल–नस्रबाट खेलिरहेका रोनाल्डोले गत फेब्रुअरीमा स्पेनको क्लब अल्मेरियामा २५ प्रतिशत सेयर खरिद गरेका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.