Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 12:24:49
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, बाढी प्रभावित क्षेत्रको राहतमा छलफल हुने

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, बाढी प्रभावित क्षेत्रको राहतमा छलफल हुने
New Office

काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार भदौ २५ गते दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक विषयसँगै पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र विस्थापितको पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै आएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय लिन बैठक बोलाइएको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.