Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 02:20:25
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितका लागि एमपीआईएको ३१ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एमपीआईएको ३१ लाख सहयोग
New Office

काठमाण्डौ । मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए)ले रसुवाको भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एसोसिएसनले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सरकारलाई हस्तान्तरण गरेको हो।

एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले भदौ २४ गते अर्थमन्त्रीलाई ३१ लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरिएको एसोसिएसनले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

एमपीआईएका अनुसार विपद्का कारण घरबार, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोरेका प्रभावित परिवारलाई राहत पुर्‍याउन उक्त सहयोगले केही योगदान पुग्ने अपेक्षा गरिएको छ।

सहयोग रकम हस्तान्तरण गर्दै एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।

उनले बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सदस्य संस्थाहरूले देखाएको सद्भाव र योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै सहयोग गर्ने सबै सदस्य संस्थालाई धन्यवादसमेत दिएका छन्।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न निजी क्षेत्रका संस्था, व्यावसायिक समूह तथा व्यक्तिहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.