काठमाण्डौ । राष्ट्रियसभाको बिहीबारको बैठक आगामी भदौ ३१ गतेसम्मका लागि स्थगित भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएपछि बैठक स्थगित गरिएको हो।
राष्ट्रियसभाका अध्यक्षले अर्को बैठक भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजे बस्ने जानकारी गराएका छन्।
बिहीबारको बैठकमा सांसदहरूले जनजीविका, विपद् व्यवस्थापन तथा सरकारको कार्यशैलीसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।