काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। सञ्चालक समितिको भदौ २६ गते अपराह्न बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
हाल बैंकले सातवटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९३ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। बैंकका अनुसार यी सञ्जालमार्फत १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिइरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।