काठमाण्डौ। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का चयन भएका छन्। यसअघि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै संस्थाको सञ्चालक तथा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका रविन सिजापती बैंकबाट अलग भई अर्को वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएपछि अध्यक्ष पद रिक्त भएको थियो।
उक्त रिक्ततापछि नेपाल राष्ट्र बैंकद्वारा जारी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (संशोधनसहित), एकीकृत निर्देशन, २०८२ तथा संस्थाको नियमावलीमा रहेको व्यवस्थाअनुसार सञ्चालक समितिको बैठकले नयाँ अध्यक्ष चयन गरेको हो।
संस्थाको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम सञ्चालकहरूमध्येबाट क्षितिज खड्कालाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष चयन गर्ने निर्णय गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।