मंगलवार, भाद्र ३०,२०८३ 02:25:49
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 02:25:49
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीमा मृतक संख्या १ हजार ३९७ पुग्यो, अझै ४ हजार ८९ जना बेपत्ता

१ हजार २३० शव व्यवस्थापन, पहिचानका लागि ३ हजार १७५ डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा मृतक संख्या १ हजार ३९७ पुग्यो, अझै ४ हजार ८९ जना बेपत्ता
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मृतकको संख्या १ हजार ३९७ पुगेको छ। मंगलबार बिहान ८ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको विवरण सार्वजनिक भएको हो।

प्राप्त तथ्यांकअनुसार रसुवामा १८९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २३० वटा शव व्यवस्थापन गरिएको जनाइएको छ।

शव पहिचान प्रक्रियाअन्तर्गत मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८८९ गरी कुल ३ हजार १७५ वटा डीएनए नमुना संकलन गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

पहिचान हुन नसकेका १ हजार ३५५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन र अन्य आवश्यक कार्यका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।

यसैबीच, अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ।

बाढीका कारण घरबारविहीन तथा विस्थापित भएका ३ हजार ४४० जनालाई विभिन्न जिल्लामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा राखिएको छ।

भोटेकोशी बाढीपछि मृतक र बेपत्ताको संख्या अझै उच्च रहेकाले खोजी, शव पहिचान तथा प्रभावितको व्यवस्थापन सरकार र सुरक्षा निकायका लागि मुख्य चुनौती बनेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.