मंगलवार, भाद्र ३०,२०८३ 06:12:54
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 06:12:54
Bizshala
Global IME Bank Limited

कृष्णभीर सडकखण्ड आज एक घण्टा खुल्ने, १ गतेदेखि नियमित सञ्चालनको तयारी

कृष्णभीर सडकखण्ड आज एक घण्टा खुल्ने, १ गतेदेखि नियमित सञ्चालनको तयारी
New Office

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्डमा आज एक घण्टा सवारीसाधन सञ्चालन गरिने भएको छ।

सडकखण्डमा भइरहेको निर्माण तथा मर्मतसम्भारका कारण बन्द रहेको कृष्णभीर क्षेत्रमा आज २०८३ भदौ ३० गते बेलुका एक घण्टा सवारी आवागमन खुला गरिने भएको हो। त्यसैगरी, भदौ ३१ गते बिहान पनि एक घण्टा सडक सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।

रातिको समयमा समेत सुरक्षित रूपमा सवारी आवागमन सञ्चालन गर्न कृष्णभीरको भिर क्षेत्रमा बत्ती जडान गर्ने काम भइरहेको छ। उक्त काम समयमै सम्पन्न भए भदौ ३१ गते रातिदेखि नै सडक नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको छ।

Shivam Cement
Bizshala
CG Motors

यदि बत्ती जडानलगायतका काम समयमै सम्पन्न हुन नसकेमा भने असोज १ गतेदेखि नियमित रूपमा सवारी सञ्चालन गरिने बताइएको छ।

स्थानीय वडा अध्यक्ष कुमार बस्नेतका अनुसार सडकमा भइरहेको कामलाई तीव्रता दिइएको छ। यात्रुको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राख्दै सडक सञ्चालनको व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए।

Muktinath Bikas Bank Limited

कृष्णभीर सडकखण्ड पृथ्वी राजमार्गको महत्वपूर्ण तथा संवेदनशील खण्ड भएकाले यहाँको सडक अवरोधले धादिङ हुँदै राजधानी काठमाडौं तथा देशका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने यात्रु प्रभावित हुँदै आएका छन्। सडक नियमित सञ्चालनमा आएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.