कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा, असोज १ देखि यातायात सञ्चालन गर्ने तयारी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल निर्माण थालिएको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएपछि नियमित यातायात खुलाउने तयारी तीव्र पारिएको हो।नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका...

