काठमाण्डौ । सर्वोच्च अदालतको निर्माणाधीन भवनमा फेरि आगलागी भएको छ। अदालतको मुद्दा फाँटतर्फ रहेको मल्टिप्लकमा विद्युत् सर्ट भएपछि आगलागी भएको बताइएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्द कोठाभित्र रहेको मल्टिप्लकमा विद्युत् सर्ट हुँदा आगो लागेको हो। उनका अनुसार घटनाबाट ठूलो क्षति भने भएको छैन।
मुद्दा फाँटको मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको जनाइएको छ । बन्द कोठाभित्र आगो लागेकाले ठूलो क्षति हुन नपाएको समेत जनाइएको छ ।
सर्वोच्च अदालतमा यसअघि पनि भदौ १७ गते आगलागी भएको थियो। त्यतिबेला अदालतको अभिलेख शाखामा आगलागी भएको थियो। उक्त घटनाको छानबिन भइरहेकै बेला सर्वोच्चमा पुनः आगलागी भएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।