काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको व्यावसायिक लक्ष्य, बजेट कार्यान्वयन र रणनीतिक योजनालाई प्रभावकारी बनाउने उद्देश्यले विशेष सेमिनार आयोजना गरेको छ।
बैंकले कर्णाली प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘Overcoming Distress, Delivering Results: Performance and Strategic Growth Review – Karnali Province 2083/84’ विषयक सेमिनार सम्पन्न गरेको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृतसहित वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।
सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकतामाथि विस्तृत छलफल गरिएको बैंकले जनाएको छ।
विशेषगरी केन्द्र र प्रदेशबीचको समन्वय थप प्रभावकारी बनाउने, शाखाको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने तथा लक्ष्यअनुसार व्यवसाय विस्तार गर्ने विषयमा गहन अन्तरक्रिया भएको थियो।
कर्णाली प्रदेशका ८ जिल्लामा हाल सिटिजन्स बैंकका ११ वटा शाखा कार्यालय सञ्चालनमा छन्। बैंकले यसअघि बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा पनि यस्तै प्रकृतिका रणनीतिक समीक्षा तथा व्यवसाय विस्तारसम्बन्धी कार्यक्रम सम्पन्न गरिसकेको छ। बाँकी प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना छ।
कर्जा १ खर्ब ७७ अर्ब, निक्षेप २ खर्ब ३३ अर्ब
बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि गरी १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको जनाएको छ।
यसैगरी निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
बैंकको खुद नाफा भने उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षमा खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।
डिजिटल बैंकिङ विस्तारमा पनि जोड
‘द बैंकर’बाट लगातार सन् २०२४ र २०२५ को ‘Bank of the Year Nepal’ उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ तथा नयाँ ग्राहक समूह लक्षित सेवामा समेत विस्तार गरिरहेको जनाएको छ।
बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘Citizens Fonepay Credit Card’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। युवा लक्षित ‘Citizens Gen-G Savings Account’, एकीकृत अनलाइन प्लेटफर्म ‘Citizens Digi Bank Service’ तथा फ्रिलान्सर लक्षित ‘Freelancer Savings Account’ समेत सञ्चालनमा ल्याइएको छ।
बैंकका अनुसार हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत सेवा प्रवाह भइरहेको छ। बैंकले करिब २० लाख ६४ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।