काठमाण्डौ । देशभर डेंगु संक्रमितको संख्या ५ हजार २३८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०८२ पुस १७ देखि २०८३ भदौ ३० गतेसम्म ७४ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको हो।
स्थानीय तहगत विवरणमा बागलुङ नगरपालिका सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ १ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै पोखरा महानगरपालिकामा १८५, इटहरी उपमहानगरपालिकामा ११९ र भद्रपुर नगरपालिकामा १०७ जना संक्रमित भेटिएका छन्।
महाशाखाका अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङलगायत जिल्लामा संक्रमण बढ्दो क्रममा छ।
वर्षा र वर्षापछिको समयमा डेंगुको जोखिम अझ बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा निगरानी, रोकथाम र नियन्त्रणका कार्यक्रम तीव्र पारिएको महाशाखाले जनाएको छ।
विशेषगरी बागलुङ नगरपालिकामा किटविज्ञ, फिल्ड इपिडेमियोलोजिस्ट र प्रयोगशाला कर्मीसहितको टोली परिचालन गरेर निगरानी तथा खोज–अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।