सोमबार, आश्विन ५,२०८३ 02:08:17
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 02:08:17
Bizshala
Global IME Bank Limited

ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सुरु, बैंकक उडानदेखि ५०% सम्म छुट

ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सुरु, बैंकक उडानदेखि ५०% सम्म छुट
New Office

 

काठमाण्डौ । ट्राभल प्लेटफर्म ट्रिप टर्बोले ‘ट्राभल मेला २०२६’ सुरु गरेको छ। सेप्टेम्बर २० देखि अक्टोबर ३१, २०२६ सम्म सञ्चालन हुने क्याम्पेनमा हवाई टिकट, होटल, बस टिकट, विभिन्न गतिविधि तथा ट्राभल अनुभवमा छुट, रिवार्ड तथा गिभअवे उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ट्राभल मेलाको मुख्य आकर्षणका रूपमा दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप हवाई टिकटको गिभअवे राखिएको छ।

क्याम्पेनअन्तर्गत आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, अन्तर्राष्ट्रिय होटल, बस टिकट, गतिविधि र विभिन्न ट्राभल अनुभवलाई एउटै अभियानमा समेटिएको छ। ट्रिप टर्बोमार्फत विश्वभरका ६० लाखभन्दा बढी होटल बुकिङ गर्न सकिने र त्यसको भुक्तानी नेपाली रुपैयाँमै गर्न सकिने कम्पनीको भनाइ छ।

ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले ट्राभल मेला कम्पनीको ‘Making Travel Simple’ अवधारणालाई निरन्तरता दिने अभियान भएको बताए।

‘डोमेस्टिक तथा इन्टरनेसनल फ्लाइट र होटलदेखि बस टिकट, गतिविधि तथा विभिन्न ट्राभल अनुभवसम्मलाई एउटै ठाउँमा ल्याएका छौँ,’ उनले भने, ‘यसले यात्रुहरूलाई यात्राको योजना बनाउन र थप रिवार्ड प्राप्त गर्न सहयोग गर्नेछ।’

हवाई र बस टिकटमा छुट

ट्राभल मेला अवधिभर ग्राहकले पहिलो आन्तरिक हवाई टिकट बुकिङमा २०० रुपैयाँ छुट पाउनेछन्। त्यसपछि ‘FLIGHTMELA’ प्रोमो कोड प्रयोग गर्दा हरेक आन्तरिक उडान बुकिङमा १५० रुपैयाँ छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यस्तै, ‘BUSMELA26’ प्रोमो कोड प्रयोग गरेर बस टिकट बुक गर्दा ७० रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ।

कम्पनीले साप्ताहिक ‘फायर सेल’ समेत सञ्चालन गर्ने जनाएको छ। यसअन्तर्गत सीमित ग्राहकले आन्तरिक उडानमा ३०० रुपैयाँसम्म र बस टिकटमा १०० रुपैयाँसम्म छुट पाउनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकक उडानदेखि एडभेन्चर अनुभवसम्म गिभअवे

क्याम्पेनअन्तर्गत दुई जना भाग्यशाली ग्राहकले काठमाडौं–बैंकक राउन्ड ट्रिप हवाई टिकट जित्ने अवसर पाउनेछन्।

यसैगरी, बुद्ध एयरको माउन्टेन फ्लाइट तथा केही आन्तरिक गन्तव्यका हवाई टिकटसमेत गिभअवेमा राखिएको छ।

एडभेन्चर गतिविधितर्फ जिपलाइन, बन्जी, प्याराग्लाइडिङ, स्काइस्क्रिमर, एसयूपी, स्काइवाक, हट एयर बेलुन र पेन्टबललगायतका अनुभवसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

क्याम्पेनमा अल्टिमा लाइफस्टाइल, सफारी ब्याग्स, ओओपीएस नेपाल, अन्नपूर्ण केबलकार, हाईग्राउन्ड एडभेन्चर्स, बेलुन नेपाल, एडभान्स प्याराग्लाइडिङ, गोबन्जी, प्याडल नेपाल, द क्लिफ, त्रिशूली भिल्ला/रिभरसाइड रिसोर्ट र स्काइवाकलगायत ब्रान्ड तथा साझेदार सहभागी छन्।

अन्नपूर्ण केबलकार, गोबन्जीको बन्जी जम्पिङ, द क्लिफ, द लास्ट रिसोर्ट र नगरकोट जिपलाइनलगायत गतिविधिमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

टीटी क्वाइनमार्फत थप रिवार्ड

कम्पनीका अनुसार ट्राभल मेला २०२६ अवधिभर ग्राहकले टीटी क्वाइन प्रयोग गरेर थप छुट तथा रिवार्ड लिन सक्नेछन्।

ट्रिप टर्बोको लोयल्टी पोइन्टका रूपमा रहेको टीटी क्वाइन आन्तरिक उडान, बस टिकट तथा हट एयर बेलुन, एटीभी ट्रेल, बन्जी जम्पिङ, प्याराग्लाइडिङ र स्काइवाकलगायत केही ट्राभल तथा एडभेन्चर अनुभवमा प्रयोग गर्न सकिनेछ।

ग्राहकले टीटी क्वाइन प्रयोग गरी अल्टिमा लाइफस्टाइलका उत्पादन, क्यूएफएक्स सिनेमाज, सफारी ब्याग्स, बिगमार्ट तथा गोल्डस्टार सुजमा ५६० रुपैयाँसम्मको छुट भौचरसमेत प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार लक्की ड्रमा सहभागी हुन ट्रिप टर्बोमार्फत फ्लाइट, अन्तर्राष्ट्रिय होटल, बस वा गतिविधिमध्ये कुनै एक बुकिङ गर्नुपर्नेछ।

सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले सेप्टेम्बर २०२४ मा मोबाइल एप सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार Android, iOS र वेबमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, विश्वभरका ६० लाखभन्दा बढी होटल, ७३ भन्दा बढी जिल्लाका बस टिकट तथा २०० भन्दा बढी गतिविधि र ओभरनाइट स्टे बुक गर्न सकिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.