सोमबार, आश्विन ५,२०८३ 06:14:26
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 06:14:26
Bizshala
Global IME Bank Limited

नेशनल लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै दियो सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

नेशनल लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै दियो सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण
New Office

 

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।

कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताको सम्मान तथा ‘चेयरपर्सन क्लब’ सदस्यता वितरण गर्ने उद्देश्यले भैरहवास्थित होटल सिद्धार्थ विलासामा वार्षिक चेयरपर्सन क्लब कार्यक्रम आयोजना गरेको हो।

आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता, कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीसहित ५६५ जनाको सहभागितामा कार्यक्रम दुई रात तीन दिनसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ।

कार्यक्रमको सुरुवात हालै भोटेकोशीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो। घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्पनीको मेरुदण्डका रूपमा कार्यरत अभिकर्तालाई थप व्यावसायिक र दक्ष बनाउन उनीहरूको सीप, क्षमता तथा व्यावसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्दै जाने बताइन्।

अभिकर्ता सञ्जालमा नेतृत्व विकास महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यसका लागि कम्पनीले आवश्यक लगानी गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्राप्त गरेको ऐतिहासिक व्यावसायिक उपलब्धि नेशनल लाइफ परिवारको सामूहिक सफलताको परिणाम भएको बताए।

उनले नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यावसायिक प्रतिबद्धताका साथ अघि बढिरहेको बताउँदै अभिकर्ता सञ्जाल थप मजबुत बनाउने र ग्राहक सेवाको गुणस्तर सुधारमा विशेष जोड दिइएको उल्लेख गरे।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै व्यक्तिगत तथा सञ्जाल व्यवसायमा देशभर प्रथम, द्वितीय र तृतीय हुने अभिकर्तालाई सम्मान गरिएको थियो।

त्यस्तै, समूहगत व्यवसायमा प्रथम हुने अभिकर्ता, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तालाई पनि विशेष सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

आफ्नो कोड तथा सञ्जाल व्यवसायमा देशभर उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले सम्मान गरेकी थिइन्।

सम्पत्ति शुद्धीकरणबारे सचेत गराइयो

कार्यक्रममा सहभागी अभिकर्ताको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विषयमा प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद साडारीले बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरणका गतिविधि हुनसक्ने भएकाले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालनामा बीमा व्यवसायमा संलग्न सबै पक्ष सचेत र सजग हुनुपर्ने बताए।

बीमा व्यवसायमा एआई प्रयोगको प्रशिक्षण

प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) का विभिन्न प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै एआई प्रविधिलाई बीमा व्यवसायसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

उनले ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायत क्षेत्रमा एआई प्रयोग गर्न सकिने सम्भावनाबारे अभिकर्तालाई जानकारी गराए।

डिजिटल मार्केटिङमा कानुनी सावधानी आवश्यक

अर्का प्रशिक्षक सञ्जोग कोइरालाले अहिलेको समय डिजिटल युग भएकाले डिजिटल माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके बीमा व्यवसाय विस्तारमा ठूलो फाइदा लिन सकिने बताए।

उनले डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए।

सत्यतथ्य सूचना तथा स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै उनले भ्रामक समाचार, गलत सूचना वा अनुपयुक्त सामग्री सिर्जना तथा प्रसारण गर्दा कानुनी जटिलता आउन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताए।

कार्यक्रममा सहभागी विजेता अभिकर्ताले चेयरपर्सन क्लबमा छनोट हुन वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यावसायिक प्रदर्शन आवश्यक पर्ने बताएका थिए।

उनीहरूले वर्षभर गरेको मेहनतको प्रतिफलस्वरूप प्राप्त सम्मानले आफ्नो परिश्रमले सार्थकता पाएको अनुभूति भएको बताएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.